बैंकले कर्जा प्रवाह नगर्दा अर्थतन्त्र चलायमान भएन भन्न मिल्दैन : गभर्नर अधिकारी

नमुनापत्र संवाददाता
७ आश्विन २०८०, आईतवार १७:४४

काठमाडौं । बैंकहरुको कर्जा प्रवाह मुलुकको कुल गार्हस्थ उत्पादन जीडीपी भन्दा धेरै भइसक्दा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको उनले बताए । अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकको कर्जा प्रवाह बढ्ने गरेको भन्दै उनले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रममा बस्न नहुने बताए ।

‘नेपालको कर्जा प्रवाह जीडीपीभन्दा धेरै छ । अहिले बैंकले लोन नदिएका कारणले अर्थतन्त्र चलायमान भएन भन्ने गरिएको छ, बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो रु’ उनले प्रश्न गरे ।

राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कलाई नै बेलाबेलामा सैद्धान्तिक अभ्यासले चुनौती दिने गरेको उनले बताए । ‘यहाँ सिद्धान्तलाई चुनौती दिने अभ्यास भइरहेको हुन्छ । जुन वर्ष धेरै मनी सप्लाइ हुन्छ । त्यो वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु छन्’ उनले भने ‘राष्ट्र बैंकको तथ्याङ्क र प्रणालीले कयौं ठाउँमा सिद्धान्तलाई च्यालेज गर्छ ।

पछिल्लो समय विश्वका केन्द्रीय बैंकहरू अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणका लागि नीतिगत रुपमा कडाइका साथ उभिएको उनको भनाइ छ । मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको महत्वपूर्ण भूमिका हुने भएकाले अर्थतन्त्र र मूल्यवृद्धिलाई स्थायित्व राख्नुपर्नेमा उनको जोड छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*