बेलटाकुरा हत्या प्रकरण : लामिछानेको हत्या गर्नु अघि सोही गाँउका आमा छोरालाई खुकुरी प्रहार गरेका थिए

नमुनापत्र संवाददाता
७ आश्विन २०८०, आईतवार १०:२३

दाङ । गाउँका मानिसहरु भेला भएका छन् । सबैको आँखामा टिलपिल टिलपिल आँशु छन् । मानिसहरुको भिडभाड भएपनि बेलटाकुरा गाउँ सुनसान जस्तै छ । मृतकका आफन्तमात्रै होइन्, सिंगो गाउँ नै शोकमा छ ।

शनिबार दिउँसो सवा दुई बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा भगवती टोलका ४२ वर्षिय रिता लामिछानेको हत्या भएको थियो । घटनाबाट गाउँकै दुई आमाछोरा घाइते भएका छन् ।

बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमालले अचानक खकुरी प्रहार गरेर रिताकै घर अगाडी विभत्सरुपमा हत्या गरेका छन् ।

घरको पेटीमा बसेर बत्ति काटिरहेकी लामिछानेलाई अचानक आएका हमालले एक्कासी घाटिमा खुकुरी प्रहार गर्दा लामिछानेको घटना स्थलमै मृत्यु भएको हो ।

स्थानीयका अनुसार घटना हुने समयमा मृतकका श्रीमान घाँस काट्न गएका थिए । लामिछाने घरकै पेटीमा बसेर बत्ति काटिरहेको समयमा हमाल रगतसहितको खुकुरी लिएर आएका थिए । रगतसहितको खुकुरी देखेर लामिछाने भाग्ने भन्दा पनि ति व्यक्तिलाई सम्झाउन खोज्दा खुकरी प्रहार भएको थियो ।

लामिछानेको हत्या गर्नुअघि हमालले सोहि ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमाल माथि खुकुरी प्रहार गरेको स्थानीय बताउँछन् । ‘मेरो जेठाजु र सासु आमा गरेर दुई आमा छोरालाई खुकुरी प्रहार गरेपछि उहाँको हत्या भएको थियो ।’ घाइते कमलाको बुहारी सुदिक्षा हमालले भनिन्-‘म भागेँ, तर लमिछानेलाई घाँटीमा हानेर ढालिसकेको अवस्थामा फेला पारेको हुँ , अनि मैले नै एम्बुलेन्स बोलाएँ ।’ रगतसहितको खुकुरी लिएर आएको देख्दा लामिछानेले सम्झाउन खोजेको थिईन् । तर हमालले लामिछानेलाई तैलाई हो मार्न आएको भन्दै खुकुरी प्रहार गरेको स्थानीयको भनाई छ ।

सुदिक्षाले लामिछाने गम्भिर घाइते अवस्थामा भेटिएकी थिइन् । ‘गम्भिर अवस्थामा हातले कोतर्नु हुन्थ्यो, बचाउ बचाउ भनिरहनुभएको थियो, डरले काँप्दै मैले एम्बुलेन्स बोलाएको हुँ ।’ सुदिक्षाले भनिन्-‘साहै्र दुखद घटना भयो, हामी अचम्मित छौँ, खै कसरी यस्तो घटना भयो ।’

दुवै जनालाई खुकुरी प्रहार आएका हमालले सुदिक्षालाई पनि लखेटेका थिए । ‘उता खुकुरी हानेर आएका रेछैन् ।’ उनले भनिन्-‘रगतसहितको खुकुरी देखेपछि म भागेर ज्यान जोगाउन सफल भएँ, तर एक जनालाई बचाउन सकिएन् ।’

उनका अनुसार खुकुरी प्रहार गर्ने टेकबहादुर हमाल र मृतक लामिछानेबिच रिसराग थिएन् । तर उनलाई मानसिक समस्या थियो । लामिछाने पनि सरल स्वभावको हुन् । खुकुरी प्रहार गर्ने हमालले शुक्रबार पनि केहि समस्या रहेको भन्दै देउता पुजा गरिरहेका स्थानीयले सुदिक्षाले बताईन् ।

खुकुरी प्रहारबाट बिर बहादुरको दाहिने हातमा चोट लागेको छ भने कमलाको टाउकोमा गम्भिर चोट लागेको छ । गम्भिर घाइते कमलालाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

खुकुरी प्रहार गर्ने टेक बहादुरलाई घर भित्र लुकिछिपि बसेको अबस्थामा खुकुरी सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

घटनापछि मृतक लामिछानेको शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

मृतकका आफन्तले खुकुरी प्रहार गर्ने टेक बहादुर विरुद्ध जाहेरी दिइसकेकोले कानुनी कार्बाहीका लागि प्रक्रिया अघि बढेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए । ‘अभियुक्तविरुद्ध जाहेरी दिनुभएको छ ।’ उनले भने-‘टेकबहादुरले पनि हत्या गरेको स्विकार गरिसकेको छ ।’

मृतक र घाइते कसैसंग पनि कुनै व्यक्तिगत रिसराग नभएको खुल्न आएको उनले बताए । ‘अभियुक्त टेकबहादुर अलिअलि मानसिक सन्तुलन अवस्था ठिक नभएको रहेछ ।’ उनले भने-‘घटना त्यसै लहडमै हत्या गरिएको रहेछ , घटनाको विषयमा थप अनुसन्धान गरिरहेका छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*