सहमतिपछि कपनको खहरे खोलामा काठमाडौं महानगरले डोजर लगाउन थाल्यो
काठमाडौं । कपनको खहरे खोलामा काठमाडौं महानगरपालिकाले डोजर लगाएको छ । शुक्रबार काठमाडौं महानगर र बूडानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्ने सहमति भएपछि महानगरपालिकाले डोजर लगाएको हो।
सोही सहमतिपछि अहिले खोला खोल्नका लागि डोजर चलाइएको काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपालखबरलाई जानकारी दिए।
‘अहिले डोजर चलाउने काम सुरु भइसकेको छ, जनप्रतिनिधीहरू बसेर भएको छलफलमा सहमति जुटिसकेको छ,’ पाण्डेले भने।
काठमाडौं महानगर–७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न यसअघि पनि महानगरको डोजर पुगेको थियो।
यद्यपि त्यहाँ विवाद हुँदा डोजर खोलामा प्रवेश नगरी फर्किएको थियो।
शुक्रबार काठमाडौं र बूढानीलकण्ठका जनप्रतिनिधिहरूबीच नापी कार्यालय चाबहीलमा बैठक बसेको थियो।