झापामा आँखा पाक्ने रोग भयावह

नमुनापत्र संवाददाता
२४ श्रावण २०८०, बुधबार १८:५९

झापा । झापामा पछिल्लो समय आँखा पाक्ने रोग फैलिएको छ । करिब दुई साता अघिदेखि फैलिएको आँखा पाक्ने रोगबाट जिल्लाभर अहिलेसम्म ३० हजार भन्दा बढी प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुको बढी देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

अहिले जिल्लाका अधिकांश बालबालिका, जेष्ठ नागरिक तथा भीडभाड हुने ठाउँमा कार्यरत कर्मचारी, मजदुरलगायत सबै क्षेत्र र सबै उमेरसमुहका मानिसहरुमा यो संक्रमण फैलिरहेको छ । बिरामीमा आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अफ्ठ्यारो हुने समस्याहुने गरेको बिरामीहरुको भनाइ छ ।

आँखा पाक्ने रोगको प्रकोप तिव्ररुपमा फैलिदा दैनिकीमा नै समस्या हुने गरेको आँखा पाक्ने समस्याबाट ग्रसित पिडितहरु बताउँछन् । अहिले जिल्लाका किल्निक र अस्पतालहरु आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । आँखा अस्पतालमा उपचार गराउन आउनेहरु मध्ये अहिले अधिकांश आँखा पाक्ने समस्या लिएर आउने नेत्र विशेषज्ञहरु बताउँछन् ।

झापाको मेची नेत्रालय, दिव्य ज्योति, काँकरभिट्टा आइकेयर सेन्टर, मेची आखा अस्पताल, मेची प्रादेशिक अस्पताल भद्रपुर, बिएण्डसी, विर्तासिटी, कनकाई नगर अस्पताललगायतमा अहिले आँखा पाक्ने रोगको उपचार गराउने बिरामीको संख्या उच्च रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*