७ हजार ७३३ जनामा डेंगु संक्रमण, सात जनाको मृत्यु

नमुनापत्र संवाददाता
२२ श्रावण २०८०, सोमबार १६:३९

काठमाडौँ । देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो ।

यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*