आँखा पाक्ने समस्या बढ्यो, अब कसरी जोगिने ?

नमुनापत्र संवाददाता
२२ श्रावण २०८०, सोमबार ११:२६

काठमाडौँ । पछिल्लो केही दिनयता तराईका जिल्लाहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । तराईका जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा यो समस्या बढिरहेको छ । यतिबेला आँखा अस्पताल तथा अन्य सरकारी अस्पतालहरुमा आँखाका समस्या लिएर विरामीहरु आइरहेका छन् । विशेष गरी गर्मी मौसममा आँखा पाक्ने समस्या समान्य भए पनि केहीमा जटिलता उत्पन्न गराउने चिकित्सकहरु बताउँछन् ।

चिकित्साकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ अर्थात समान्य भाषामा आँखा पाक्ने समस्या भनिन्छ । आँखा पाक्ने संक्रमण हुँदा शुरुमा यी लक्षण देखन्छिन् :
– आँखामा केही बिझे जस्तो महसुस हुने,
– उज्यालोमा हेर्न गाह्रो हुने,
– दृष्टि धमिलो हुने जस्ता समस्या देखिन्छन् ।

त्यसैगरी समस्या बढ्दै गएपछि भने यी जटिल लक्षण देखिन्छन् :
– आँखा रातो हुने
– चिलाउने, पोल्ने,
– पानी बग्ने,
– चिप्रा लाग्ने ।

आँखा पाक्ने समस्या जिवाणुका कारण हुने रोग भएकोले यो समुदायमा सहजै र छिटै फैलिने नेत्ररोग विशेषज्ञहरु बताउँछन् ।

पछिल्लो समय आँखा पाक्ने समस्या लिएर कीर्तिपुर आँखा अस्पतालमा कुल विरामी मध्ये करिब ३० प्रतिशत आँखा पाक्ने समस्या लिएर पुग्ने गरेका छन् ।

त्यस्तै, तिलगंगा आँखा अस्पतालमा दैनिक करिब ७० जना आखाँ पाक्ने समस्या लिएर पुग्ने गरेका छन् । पछिल्लो समय यो समस्या फैलदो अवस्थामा रहेकाले सचेत र सावधान रहन आवश्यक भएको चिकित्सकहरुको भनाई छ । तर आँखा पाक्ने समस्या हावाको माध्यमबाट नसर्ने भएकाले त्रसित हुनु नपर्ने चिकित्सकहरु बताउँछन् ।

यो रोग आँखा पाकेको विरामीको आँखाबाट निस्केको तरल पदार्थ अन्य व्यक्तिले कुनै पनि माध्यमबाट आँखामा पुगेको अवस्थामा भने यो रोग अरुलाई पनि सर्ने गर्दछ । त्यसैले परिवारको कुनै एक सदस्यलाई आँखा पाक्ने रोग लागेको छ भने विरामीले प्रयोग गर्ने रुमाल, साबुन जस्ता समान अरुले प्रयोग नगर्न चिकित्सकहरुको सुझाव छ । साथै केहि व्यक्तिलाई आँखा पाक्ने समस्या सामान्य देखिने र केहिमा यसले जटिलता समेत उत्पन्न गर्ने भएकाले रोगको प्रकृति अनुसारको उपचार आवश्यक पर्ने देखिन्छ ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा संक्रमण हुने जोखिम उच्च हुने गर्दछ । त्यसैले संक्रमित व्यक्तिले तथा स्वास्थ्य व्यक्तिले पनि समय–समयमा साबुन पानीले हात धुने, अन्य व्यक्तिको रुमाल, तौलिया तथा समान प्रयोग गर्ने जस्ता सावधानी अपनाउन आवश्यक छ । साथै संक्रमण भएको अवस्थामा जथाभावी औषधि प्रयोग नगर्न पनि चिकित्सकहरुले सुझाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*