बुटवलमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु
बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ।
बुटवलको वडा नम्बर ३ चिडियाखोलाबाट खोज र नष्ट गर अभियान शुरु भएको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो।
अभियानअन्तरगत चिडियाखोलाको बस्तीमा पानी जम्ने स्थानको खोजी तथा लार्भा बस्न सक्ने स्थानको खोजी गरी नष्ट गरिएको छ। अभियानका क्रममा वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकालले अभियानलाई घरघरमा पुर्याउनुपर्ने बताउनुभयो। उहाँले घरमा पानी जम्ने र घरको छत तथा अन्य क्षेत्रमा पानी जम्ने स्थानमा पानी जम्न नदिन आग्रह गर्नुभयो।
अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्थानीयसहितको सहभागिता रहेको थियो। अभियान १९ वटै वडामा नियमित रुपमा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो।