आफूविरुद्धका मुद्दाप्रति ट्रम्पको आक्रोश

नमुनापत्र संवाददाता
१८ श्रावण २०८०, बिहीबार १३:२७

वासिङ्टन डीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध लगाइएका मुद्दा र आरोपप्रति आक्रोश व्यक्त गरेका छन् ।

वासिङ्टन डीसी अदालतमा सुनुवाइका लागि हाजिर हुने क्रममा उनले आफूविरुद्धका आरोपहरू आगामी वर्ष हुने चुनाव लक्षित रहेको बताए ।

उनले जो बाइडेन प्रशासनले नैतिक धरातल समेत गुमाइसकेको टिप्पणी गरे । न्युजर्सी गल्फ क्लवमा समर्थकहरूबीच बोल्दै उहाँले आफूप्रतिको बढ्दो विश्वासबाट विपक्षीहरू अहिल्यै अत्तालिएको जिकिर समेत गरे ।

आफूले न्युजर्सीमा अभूतपूर्व समर्थन पाएको भन्दै उनले आफ्ना विरोधीहरूलाई यसैगरी जवाफ दिँदै जाने उनको भनाइ छ ।

पूर्वराष्ट्रपति ट्रम्प विरुद्ध सन् २०२० को चुनावी परिणाम उल्ट्याउने कोसिस गरेकोलगायत थप चार वटा मुद्दा लगाइएको छ

उहाँलाई बिहीबार अदालतमा उपस्थित हुन भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*