मुगुबासीलाई सुनभन्दा नुनको पिरोलो : ५ के.जी नुनका लागि ५ हजार खर्च
मुगु । देशको सिंहदरबार यतिखेरा एक क्विन्टल सुनको विषयले पिरोली रहँदा मुगुलगायत कर्णालीका जिल्लाहरु भने नुनको जोहो कसरी गर्ने भन्ने विषयले पिरोलिरहेको छ ।
यहाँ यतिबेला दुर दराजका सर्वसाधारण ५ के.जी नुन लिन सदरमुकाम धाइरहेका छन् । मुगु सदरमुकाम लगायत कर्णालीको विभिन्न बजारहरुमा एक व्यक्ति बराबर ५ केजी नुन वितरण भइरहेको छ । तर सो नुन प्राप्त गर्न कम्तिमा ५ सयदेखि ५ हजार रुपैयाँसम्म खर्च हुने भएपछि उनीहरु पिरोली रहेका हुन् ।
मुगु जिल्लामा रहेका एक नगरपालिका र ३ गाउँपालिकालाई लक्षित गरी आ.व २०८९–८०को लागि ३ हजार ३ सय ९० क्वीन्टल नुन जिल्लामा आएपनि नुनको अभाव भने भइरहेको छ ।
घरमा खाने नुनकै हाहाकार हुने पो हो कि भन्ने चिन्ताले उनीहरु नागरिकताको फोटोकपी र हातको नङ्गमा रेजा चिन्न लगाएर हप्ताको ३ दिन नुन कार्यालय खुल्ला गरी प्रतिव्यक्ति ५ के.जी नुन लिन गइरहेका छन् ।
सोरु र खत्याडका नागरिकले प्रशासनको सिफारीसमा ५ केजी नुन पाउने व्यवस्था मिलाइएकाे हाे ।
‘अनुदानको सरकारी नुन खान नपाएको ५, ६ वर्ष भयो नजिकको स्थानीय बजार पुलमा सरकारी अनुदानको नुन ९ रुपैयाले पाउर्ने नुन १ के.जीको ६० देखि ८०रुपैयाँसम्म रुपैयाँ तिरेर खानु पर्ने बाध्य छ,’ नुन लिन आउने एक सर्वसाधारण भन्छन् ।
त्यस्तै अर्का नुन लिन आएकी मुगमुकामारोङ्ग गाउँपालिका ५ की सोनाम फुटी लामाले भन्छिन्, ‘दुई–तिन दिनलाएर नुन लिन सदरमुकाम गमगढी पुगियो ५ के.जी नुन मात्र पाइयो । आउन जान गाढी भाडा खान बस्न गरेर ५ हजार भन्दा बढी खर्च भएको छ । सिंहदरबारको अधिकार गाँउगाँउ आयो कहाँ आयो सरकार ?’
नुन लिन आउँदा १५ ,१६ सय रुपैयाँ खर्च हुन्छ ५ के.जी नुन पाईयो घरमा गाई गोरु भेडा बाख्रा भैसी छन । आफू खानेकी पशुचौपायलाई खुवाउर्ने ५ पोका नुन लिनको लागि नागरिकता फोटोकपी गर्त १० रुपैया तिरियो हातको नङ्गमा चिन्न समेत गलाउँदा रहेछन दुख बढी नुन कम पाईएको,’ – छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ की बिसुकला रावतले बताएकी छन ।
सोरु र खत्याडगाँउपालिकालाई १ – १ हजार क्वीन्टल नुन बितरण गरी सकेको र छायाँनाथ रारा नगरपनलिका र मुगमकामारोङ्ग गाउँपालिकालाई १ हजार ३ सय ९० क्वीन्टल आ.व २०७९.०८०मा आएको नुन हो ।
सदरमुकाम गमगढी बजारमा बिक्री बितरण गरीएको नुन सस्तो र अनुदानमा प्रति केजीको ९ रुपैया पर्ने भएको हुँदा भीड हुने गरेको हो ।
यो आवको भदै असोजसम्म नयाँ ढुवानी ठेक्काको नुन नआउनजेल सम्मको लागि बितरण गर्नु पर्ने भएको हुँदा हप्ताको ३ दिन दिर्ने पशुचौपायलाई पनि यही नुन खुवाउर्ने भएकाले प्रति ब्याक्ति ५ के.जी दिन गरेको मुख जिल्ला अधिकारी मोहोन बहादुर थापाले बताएका छन् ।
यता जिल्ला साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेड मुगुमा ३ सय ५० क्वीन्टल मात्र नुन हरेको कार्यालयले जनाएको छ ।
नुन कार्यालयका प्रमुख बार्षिक हिसाव किताब मिलानको लागि सुर्खेत प्रदेश कार्यालय गहेको हुँदा कार्यालय सहयोगी मार्फत नुन बितरण भई रहेको हो ।
मुगु जिल्लामा नुन अभाव प्रत्येक बर्ष हुर्ने गरेको छ । जिल्लामा रहेका राजनितिक दल, जनप्रतिनिधी र जिल्लामा रहेका सरोकारवालाहरुको केन्द्रमा पहुँच नहुदा हरेक बर्ष मुगु लगाएत कर्णालीका सबै जिल्लामा नुन अभाव हुर्ने गरेको हो ।
मुगालीलाई सुनभन्दा नुनको चिन्ता हुँदा देशमा रहेका तीनै तहका सरकारको र सरोकारवालाको ध्यान जरूरी देखिन्छ ।