दुईवटा विश्वयुद्ध देखेका वृद्ध व्यक्तिको निधन

नमुनापत्र संवाददाता
१७ श्रावण २०८०, बुधबार १२:३८

सान पाओलो । विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको निधन भएको छ ।

ब्राजिलका स्थानीय मिडियाका अनुसार १२७ वर्षीय जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेस्थित आफ्नै घरमा निधन भएको हो । गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि उनको निधन भएको हो ।

पेड्रा बोनिटाको रजिस्ट्री कार्यालयबाट गोम्सको विवाहको प्रमाणपत्र प्राप्त भएको छ। सन् १९१७ को विवाह प्रमाणपत्रका अनुसार गोम्सको जन्म ४ अगस्ट १८९५ मा भएको थियो।

यदि उनको उमेरको बारेमा उनको दाबी साँच्चै सही छ भने उनले दुवै विश्वयुद्ध र तीन विश्वव्यापी महामारीको घटनाहरूका पनि आफू बाँच्न सफल भएका थिए ।

गोम्सले जनावरहरूलाई पाल्ने काम गर्थे। उनले एक नम्र र सरल व्यक्तिको आफ्नो छवि सिर्जना गरेका थिए । उनले पुर्ण प्राकृतिक जीवनशैली बिताए। उनी औद्योगिक उत्पादनबाट टाढै रहे र ग्रामीण क्षेत्रका वस्तुलाई प्राथमिकता दिने गरेको थिए । उनको आहारमा स्थानीय रूपमा उब्जाइएको खानेकुरा समावेश थियो र उनी कहिलेकाहीं पिउने गर्थे।

उनका सात छोराछोरी, २५ नातिनातिना, ४६ पनाति पनातिना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*