फाइदा लिनका लागि समाजसेवामा नलाग्न स्वास्थ्यमन्त्री बस्नेतको आग्रह

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने भनाइ
नमुनापत्र संवाददाता
१२ श्रावण २०८०, शुक्रबार १८:५४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिन खोज्ने मानिस लाग्नुको अर्थ नहुने बताएका छन् । शुक्रवार काठमाडौंमा ५८औं रक्तसञ्चार सेवा दिवसलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै समाजसेवामा लाग्दा राम्रो हुने बताएका हुन् । उनले नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरु महत्वपूर्ण रहेको भन्दै प्रशंसा समेत गरे ।

मन्त्री बस्नेतले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने पनि बताए । उनले देशमा भएका फार्मेसीहरुको निरीक्षण गर्दा विधिसम्मत रुपमा नचलेका फार्मेसीहरु बढी रहेको पाइएको पनि जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*