भोजपुरमा निजी औषधी पसलको अनुगमन

नमुनापत्र संवाददाता
८ श्रावण २०८०, सोमबार २०:४५

भोजपुर । सरोकारवालाहरुको अगुवाइमा भोजपुर सदरमुकामका निजी औषधी पसल, फार्मेसी, अस्पतालहरुको अनुगमन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्री हरिप्रसाद घिमिरेको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अस्पताल भोजपुरका प्रमुख, स्वास्थ्य कार्यालय भोजपुरका प्रतिनिधि, उद्योग बाणिज्य संघ, नागरिक समाज संचारकर्मीलगायत सरोकारवालाहरुले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा सदरमुकामस्थित ९ वटा निजी औषधी पसल, फार्मेसी, अस्पतालहरुको नियमानुसार सञ्चालन भए नभएको अनुगमन गरिएको छ ।

अनुगमन गर्दे प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमीरेले निजी औषधी पसल/फार्मेसी/अस्पतालहरुले औषधी पसलहरुमा बिक्रि वितरणका लागि राखिएका औषधी म्याद नाघे ननाघेको यकिन गरी म्याद नाघेका औषधीहरु बिक्रि वितरण नगर्न सचेत गराए ।

औषधी बिक्री वितरण गर्दा अनिवार्य दररेट उल्लेख गरी बिल दिन पर्ने, र लागूऔषध लगायत मनोरोग औषधीहरुको औषधी व्यवस्था विभागले तोकेबमोजिम अभिलेख राखी मात्र बिक्रि वितरण गर्न पसलहरुलाई निर्देशन दिएको छ । तोकिए बाहेकका सेवाका लागि सेवाग्राहीलाई सेवा उपलब्ध भएका स्वास्थ्य संस्थामा प्रेषण गर्न जानकारी गराएको छ । सेवाग्राहीलाई दिइने सेवा र वितरण गरिने औषधी बारे प्रभावकारी रुपमा जानकारी गराउन पनी निर्देशन दिएको छ ।

घिमिरेले नियमानुसार औषधी व्यवस्था विभागमा दर्ता भइ इजाजत लिए नलिएको, नविकरण भए नभएको, सम्बन्धित स्थानिय तहमा दर्ता भए नभएको, पान नं लिए नलिएको, कर चुक्ता भए नभएको समेत अनुगमन गरी केही स्थानिय तहमा दर्ता हुन बाँकी फार्मेसीहरुलाई यथासिघ्र दर्ता गर्न निर्देशन दिए । सबै औषधी पसल, फार्मेसी, अस्पतालहरुलाई तोकिए बमोजिम अभिलेख राखी नियमित प्रतिवेदन तयार गरी बुझाउन समेत सुझाव दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*