गर्मी यामसँगै देशभर डेंगु फैलिदो क्रममा, दुई हप्तामा ३ हजार बिरामी थपिए

नमुनापत्र संवाददाता
८ श्रावण २०८०, सोमबार १३:५५

काठमाडौं । गर्मी बढेसँगै डेंगुको संक्रमण पनि फैलिएको छ । पछिल्लो दुई हप्तामा डेंगुका झण्डै तीन हजार बिरामी थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको संख्या एक हजारको हाराहारीमा थियो । अहिले यो संख्या बढेर चार हजार पुगिसकेको छ ।

सुनसरीमा मात्रै दुई हजार पाँच सय बिरामी थपिएका छन । स्वास्थ्य संस्था नआउने तथा सम्पर्कमा नआएका बिरामी अझै हुन सक्ने महाशाखाको भनाइ छ । हालसम्म सुनसरीमा दुई हजार पाँच सय, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, सङ्खुवासभामा ५८, काठमाण्डौमा ४६ जना, कञ्चनपुरमा ३९ जना, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जना सङ्क्रमित भएका छन् । साउन महिनासँगै भदौ र असोजमा डेंगुको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*