महिला विश्वकपमा क्यानडा र नाईजेरियाको गोल रहित बराबरी

नमुनापत्र संवाददाता
५ श्रावण २०८०, शुक्रबार १९:०७

काठमाडौं । महिला विश्वकप फुटबलमा क्यानडाले नाईजेरियासँग बराबरी खेलेको छ । आज बिहान भएको खेलमा क्यानडाले नाईजेरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । क्यानेडियन गोलकिपर केलेन शेरिडन र नाईजेरियन गोलकिपर चियामाका ननाडोजीले उत्कृष्ट प्रर्दशन गरेपछि दुवै टिम गोल विहिन भएका हुन् । समूह बीको खेलमा बिहीबार आयोजक अष्ट्रेलियाले आयरल्याण्डलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको छ ।

अहिले फिलिपिन्स र स्विजरल्याण्ड विचको खेल जारी छ । यस्तै, समूह बीमा नाइजेरिया र क्यानडाविचको खेल अहिले अष्ट्रेलियाको मेलवर्न स्टेडियममा जारी छ । यसै गरी आज हुने अन्तिम खेलमा समूह सीमा रहेको स्पेन र कोस्टारिका आमने सामने हुनेछन् । यी दुईको खेल दिउँसो सवा एक बजे न्यूजिल्यान्डको विलिंग्टन रिजनल स्टेडियम हुँदैछन् । छ वटै टोली खेलमा सहभागी टिम जितसहित विश्वकपको सुखद सूरुआत गर्ने प्रयासमा हुनेछन ।

बिहीबारको उद्घाटन खेलमा अष्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुआत गरेका छन् ।समूह चरण पार गर्न समेत छ वटै टोलीका लागि जित आवश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*