महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

नमुनापत्र संवाददाता
५ श्रावण २०८०, शुक्रबार ०८:२०

काठमाडौं– महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ।

पहिलो खेलमा समूह ‘ए’को फिलिपिन्स र स्विट्जरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

यस्तै, समूह बीमा नाइजेरिया र क्यानडा भिड्नेछन्। यी दुईबीचको खेल बिहान पौने सवा ९ बजे अष्ट्रेलियाको मेलबर्न स्टेडियममा हुनेछ।

यसै गरी आज हुने अन्तिम खेलमा समूह सीमा रहेको स्पेन र कोस्टारिका आमने सामने हुनेछन्। यी दुईको खेल दिउँसो पौने २ बजे न्युजिल्याण्डको विलिंग्टन रिजनल स्टेडियम हुँदैछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*