रुसी आक्रमणबाट ६० हजार टन खाद्यान्न नष्ट भएको युक्रेनको दाबी
एजेन्सी । रुसी मिसाइल आक्रमणबाट कृष्ण सागर तटमा रहेको ६० हजार टन अन्न नष्ट भएको युक्रेनले दाबी गरेको छ ।
रुसले कृष्ण सागर पार गर्ने जुनसुकै जहाजलाई संभावित सैन्य खतराको रुपमा लिने र सोही अनुसार कारबाही गर्ने चेतावनी दिएको र केही घण्टामा नै युत्रेनको अन्न भण्डारहरुलाई निशाना बनाएको हो ।
यसअघि रुसले युक्रेनको खाद्य निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो ।
युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षती पुगेको बताउनुभयो ।
टर्कीको मध्यस्थतामा गत वर्ष भएको उक्त सम्झौताबाट युक्रेनले फाइदा लिएको तर, आफुले पाउनुपर्ने शर्तहरु पुरा नभएको आरोप रुसको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले अन्न सम्झौतालाई ‘राजनीतिक ब्ल्याकमेल’ को रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।