तुलसीपुर कारागारमा फलफूलका वृक्षारोपण
तुलसीपुर । तुलसीपुर कारागारमा आइतबार वृक्षारोपण गरिएको छ । कारागार परिसरमा आँप, एभोकाडो, स्थानीय जातको कागती, बेलौती लगायतका बिरुवा रोपिएको हो ।
अघिल्लो वर्ष रोपिएका बिरुवा नयाँ भवन निर्माणको क्रममा मासिएपछि फेरि यसवर्ष फलफूल प्रजातिका बिरुवा रोपिएको कारागारका जेलर चिन्तामणी रेग्मीले जानकारी दिनुभयो ।
समाजसेवी तथा दाङ ईसाइ समाजका सल्लाहकार टोप बहादुर महताराको सहयोगमा कारागार परिसरमा वृक्षारोपण गरिएको हो ।
सुरक्षा निकाय तथा कर्मचारीसहित पाष्टर टोप बहादुर महतारा, दमारगाउँ चर्चका अध्यक्ष मिरा रसाईली, उपाध्यक्ष विष्णु पुन, कोषाध्यक्ष गिता विष्ट, सदस्य सीता पुन, निर्मला विक लगायतको सहभागीतामा वृक्षरोपण गरिएको हो ।