निवर्तमान सांसद र वडाध्यक्ष मिलेर कुटे इन्जिनियर
मुगु । निवर्तमान कर्णाली प्रदेश सांसद दानसिङ्ग परियार र छाँयानाथ रारा नगरपालिका वडा न ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख इन्जिनियर दत्त बुढथापा माथि हातपात गरेका छन् ।
चालू आ.व.मा सन्चालित प्रदेश सांसद पूर्वाधार विशेष कोष अन्तर्गतको २ वटा योजनाहरुको कार्य प्रगती कम लागत निकाली दिएको भन्दै इन्जिनियरमाथि हातपात गरेका हुन् ।
अहिले बुढथापालाई उपचारका लागि जिल्ला अस्पताल मुगुमा पठाइएको छ । त्यस्तै हातपात गर्ने पूर्वसांसद र वडा अध्यक्षलाई जिप्रका मुगुमा लगिएको छ ।