चर्चित नाइट क्लब ‘एलओडी’ का सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब ‘एलओडी’का सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
क्लबमा बालिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताइएको छ ।
पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ ।
गत जेठ ३१ गते एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाको अनुसन्धानका लागि एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई प्रहरीले खोजिरहेको हो ।