नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित

नमुनापत्र संवाददाता
१९ असार २०८०, मंगलवार २३:१४

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाउँदै आयरल्याण्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको थियो।

तर, आयरल्यान्डलले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाउन सफल भयो । यससँगै नेपाल २ विकेटले आयरल्याण्डसँग पराजित हुन पुग्यो ।

आयरल्यान्डका लागि कुर्तिस क्याम्फर र ह्यारी टेक्टरले अर्धशतक प्रहार गरे । क्याम्फरले ६२ र टेक्टरले ६० रन बनाए।

नेपालका लागि करण केसीले ४, किशोर महतोले २, गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*