सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि हट्दैन : महरा

नमुनापत्र संवाददाता
१८ असार २०८०, सोमबार २०:४२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले वर्तमान सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महराले नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा सरकार अडिग भएर अघि बढेको बताए । उनले वर्तमान सरकार सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने पनि उल्लेख गरे ।

उनले सरकार विभिन्न समयमा भएका यस्ता काण्डहरुको एकपछि अर्को फाइल खोल्ने जिकिर गरे । अहिले सरकारका काम कारवाही सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ ।

महराले समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउनेदेखि मिटरब्याजी समस्या समाधानलगायतका धेरै राम्रा काम गरेको दाबी गरे । यस्तै, महराले आफूले १६ वर्षपहिले कल्पना गरेकोभन्दा सूचना प्रविधिको विकास र प्रयोग अझ अघि बढेको जिकिर गरे ।

सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*