कोइरालाको जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा वृक्षारोपण
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नेपालगन्जमा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका १९ कण्ठीपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा वृहत् वृक्षारोपण कार्यक्रम गरिएको कांग्रेस बाँकेले जनाएको छ ।
विद्यालय परिसरमा २०० बिरुवा रोपिएको प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पर्यावरण संरक्षण र संवर्द्धनमा टेवा पुर्याउन नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय कोइरालाको जन्मजयन्तीमा वृक्षारोपण गरिएको बताउनुभयो ।