कम्युनिष्ट पार्टीहरुलाई नेकपातिरै फर्कन प्रधानमन्त्री दाहालको प्रस्ताव

नमुनापत्र संवाददाता
१७ असार २०८०, आईतवार १९:०९

भक्तपुर । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपालाई एकतावद्ध गर्नुपर्ने बताएका छन । आज भक्तपुरमा आयोजित कार्यक्रममा उनले समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल शुरु गरिसकेको बताएका हु्न । सबै कम्युनिष्टहरुले आफ्ना त्रुटीहरुलाई सच्याएर अघि बढ्नुपर्ने प्रधानमन्त्री दाहालले बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताए ।

अध्यक्ष नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसावले शिरा ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका हुन । समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष नेपालले सबैले इमान्दारिताकासाथ अघि बढेको खण्डमा अग्रज योद्धाहरुले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिनेपनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*