सहिदस्मृतिका विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीको असरबारे सचेतना

नमुनापत्र संवाददाता
९ असार २०८०, शनिबार २०:३७

दाङ । तुलसीपुरको एक विद्यालयमा लागुऔषध दुव्र्यसनीका असरबारे विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ । तुलसीपुर–१७ बनकट्टामा रहेको सहिद स्मृति आवसिय उच्च माविका विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीका असरबारे सचेतना प्रदान गरिएको हो ।

अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा नयाँ पाइला पुनर्स्थापना केन्द्र (सुधार गृह)ले सचेतना कार्यक्रमको आयोजना गरेको हो । केन्द्रका सल्लाहकार सुन्दर गौतमको अध्यक्षता तथा स्वच्छ नेपाल दाङका अध्यक्ष बिन्दु गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा डाक्टर भुवनेश्वर भुसालले लागुऔषधको प्रयोगबाट निस्कने परिणाम निकै डरलाग्दो रहेको बताउनुभयो । उहाँले लागुऔषधले व्यक्ति स्वयंलाई मात्र नभएर परिवार, समाज र देशकै लागि खतरनाक भएकाले बेलेमा सचेत बन्नुपर्ने बताउनुभयो ।

यस्तै बिआर डेण्टलका एसएफ राजेण्द्र पौडेल, शिक्षक यादव अधिकरी र गिता अधिकारीले मनपरी स्वतन्त्रता, बढ्दो पारिवारिक एवं सामाजिक एक्लोपना, गरिबी लगायतका कारण लागूऔषध दुव्यर्सन बढेको र यही कारण नै विद्यालय तथा कलेजका विद्यार्थी दुव्र्यसनीमा फस्ने गरेको पाइएको बताउनुभयो ।

त्यस अवसरमा विद्यार्थीलाई वसन्त बहादुर पुनले लागुपदार्थको असर र अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिनुभएको हो । कार्यक्रमको सहजीकरण केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*