आधा दर्जन संस्थाद्वारा डा. रुइत सम्मानित

नमुनापत्र संवाददाता
९ असार २०८०, शनिबार २१:३७

जनकपुरधाम । विश्व विख्यात नेपालका वरिष्ठ नेत्र रोग विशेषज्ञ एवं आँखा सर्जन प्राध्यापक डा.सन्दुक रुइतलाई जनकपुरधाममा आज आधा दर्जन सरकारी एवं सामाजिक संघ संस्थाहरूले सम्मान गरेका छन् ।

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले आँखा सर्जन डा. रुइतलाई ती संस्थाहरूको तर्फबाट दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।

नेपालको आँखा सर्जरीमा नयाँ शैली तथा प्रविधिको प्रयोग गरेर विश्वका लागि अनुकरणीय बन्नुभएका रुइतलाई सम्मानित गर्ने संस्थाहरूमा नेपाल रेडक्रस जानकी आँखा अस्पताल जनकपुरधाम, जनकपुरधाम उपमहानगरपालिका, वटेश्वर गाउँपालिका, नेपाल रेडक्रस धनुषा र सर्लाही शाखा रहेका छन् ।

१ लाख २० हजार भन्दा बढीको आँखा सर्जरी, मोतिया बिन्दुका लागि नयाँ लेन्सको विकास जस्ता थुप्रै राम्रा कामका माध्यमबाट विश्व प्रसिद्ध डा. रुइतलाई सम्मानित गरिएको संस्थाहरूले जनाएका छन् ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाललाई आँखा उपचारको लागि विश्वविख्यात बनाउनुभएका डा. सन्दुक रुइत नेपालका धरोहर भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*