घुमन्ते मिस्त्रीका कारण आर्थिक मारमा पर्यौ : फर्निचर व्यवसायि

नमुनापत्र संवाददाता
३२ जेष्ठ २०८०, बिहीबार १७:४४

तुलसीपुर । तुलसीपुर क्षेत्रमा रहेका फर्निचर व्यवसायी हरुले घुमन्ते व्यवसायीका कारण फर्निचर व्यवसाय आर्थिक मारमा परेको भन्दै नियमनका लाागि पहल गरिदिन आग्रह गरेको छ ।

फर्निचर व्यवसायिहरुले आज तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्वर अफ कमर्समा ध्यानाकर्षण पत्र वुझाउदै घुमन्ते फर्निचर व्यवसायिहरुलाई नियन्त्रणको लागि पहल गरिदिन आग्रह गरेका हुन ।

फर्निचर तथा फर्निसिङ व्यवसायि समिति तुलसीपुरका अध्यक्ष तिलक वहादुर खडकाको नेतृत्वमा गयको व्यवसायिहरुको टोलिले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे र चेम्बरका अध्यक्ष टोप वहादुर घर्तिलाई ध्यानाकर्षण पत्र वुझाएको हो ।

सो अवसरमा वोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले आफ्ना व्यवसायिहरुलाई परेको समस्यामा तुलसीपुर उद्योग वाणिज्य संघ सधै भरि साथमा हुने हुदा यो समस्या समाधानका लागि टिम वनायर अगाडि वढ्ने बताउनुभयो ।

चालिसेले संघले प्राप्त गरेको ध्यानाकर्षण पत्र सम्वन्धित नियामक निकायमा पठाउने र टिम बनायर काम गरेकै ठाउमा पुगि सामान जफत वा त्यस्ता घुमन्ते मिस्त्री वा व्यवसायिलाई कार्वाहिको दायरामा ल्याउन पहल गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।

त्यस्तै ध्यानाकर्षण पत्र वुझ्दै तुलसीपुर चेम्वरका अध्यक्ष टोप बहादुर घर्तिले फर्निचर व्यवसायिहरुका मागमा आफुहरु सकारात्मक रहेको भन्दै नियमनका लागि पहल गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*