नवजागरण महिला तथा बाल संरक्षण केन्द्रकाे तयारी बैठक सम्पन्न

नमुनापत्र संवाददाता
३ असार २०८०, आईतवार २०:४५

दाङ । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसीपीसी) को पुर्व तयारी वैठक आज शनिवार तुलसीपुरमा सम्पन्न भएको छ । बैठकले नमुना महिला सांसद पुर्नगठनका लागि पुर्व तयारी गर्ने सम्वन्धमा छलफल गरेको छ ।

जसका लागि क्षेत्रगत तहमा रहने गरि महिलाहरुको कमिटि निर्माण गरेको छ । आजको छलफलले महिला शसक्तिकरणका लागि विविध कार्यक्रम संचालन गरि महिलाहरुको क्षमता अभिबृद्धि गर्नेगरि अगाडि बढ्ने निष्कर्ष निकालेको छ । जसका लागि न्युसीपीसी संग जोडिएर काम गरीरहनुभएका महिला नेतृहरुलाई जिम्मेवार दिने भएको छ ।

जस अन्तरगत क्षेत्र न.१ मा मिना गुरुङ्ग, धनपती यादव, सावीत्रा गहतराज,लीला शाह, लक्ष्मी योगी लगाएतका रहनुभएको छ । यस्तै क्षेत्र न. २ मा हुमा डी.सी, लक्ष्मी आचार्य, अनीता पोख्रेल,सुसीला पौडेल, निर्मला सुवेदि लगाएतका रहनु भएको छ । त्यस्तै क्षेत्र न. ३ मा सिमा न्यौपाने, शुष्मा गीरी, सावित्रा विश्वकर्मा,शुसीला न्यौपाने,स्यानी चौधरी, युवा करारा,सितारा नेपाली,यमुना परियार, पद्मा चौधरी, जानका रेग्मी, देवीका नेपाली, निर्मला कार्की, अनारकली मिया, माया आचार्य, रुपा राणा लगाएतका रहनुभएको छ । यस्तै सहजकर्ताको रुपमा माया श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै कार्यक्रम पुर्व तयारीका लागि असार १२ गते बैठक बस्ने निर्णय गरेको छ ।

महिला तथा बालबालीकाको क्षेत्रमा काम गर्दै आएको न्युसीपीसीले आगामी दिनमा स्थानीय तह,विभीन्न संघसस्ंथा संग समन्वय र सहकार्य गर्दै काम गर्ने योजना अघि सारेको छ । न्युसीपीसी का अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा बसेको बैठकको शहजीकरण महासचिव नानीमैया वलीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*