शिवशक्ति सहकारीका संचालक र सदस्यलाई तालिम

नमुनापत्र संवाददाता
२ असार २०८०, शनिबार १८:१७

दाङ । तुलसीपुर-७ मा रहेको शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाले संचालक तथा शेयर सदस्यलाई कृषि, बिमा र वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गरेको छ । सहकारीले शनिबार तुलसीपुरमा एक दिने तालिमको आयोजना गरी तालिम प्रदान गरेको हो ।

सहकारी संस्थाका अध्यक्ष ऋषिराम पोखरेलको अध्यक्षता तथा तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन कार्यक्रम भएको हो । त्यस अवसरमा वडा अध्यक्ष जिसीले आर्थिक विकासको आधार सहकारी रहेको बताउनुभयो । उहाँले सहकारीका आवद्ध नागरिकलाई उत्पादनमूलक क्षेत्रमा जोड्न सकेपछि थोरै भएपनि बेरोजगारी समस्या समाधान हुने बताउनुभयो ।

यस्तै समाजसेवी प्रेम प्रसाद खनालले सहकारी राज्यको तीन खम्बे अर्थनीतिमा रहेकाले राज्यले पनि सहकारीको प्रर्वद्धनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीका सदस्यलाई आर्थिक विकाससंग जोड्न सहकारीको महत्वपूणर् भूमिका हुने बताउनुभयो ।

अर्का समाजसेवी श्रवणकुमार आचार्यले सहकारीले शेयर सदस्यलाई तालिम प्रदान गरेर सक्रिय बनाउनुपर्ने बताउनुभयो । तालिममा सहकारी संस्थाका संचालक र शेयर सदस्य गरी ४७ जनाको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकमा राष्ट्रिय सहकारी बैंक तुलसीपुर शाखा प्रवन्धक अजय रोकाले वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गर्नुभएको हो ।

यस्तै कृषि सम्बन्धि तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखाका कृषि अधिकृत शंकर न्यौपाने, बिमा सम्बन्धि सिटीजन लाइफ इन्श्योरेन्स तुलसीपुर शाखा प्रमुख सुजन शाहले तालिम प्रदान गर्नुभएको सहकारीले जनाएको छ । कार्यक्रमको सहजीकरण सदस्य युवराज पौडेलले गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*