दाङको शान्तीनगर गाउँपालिकामा शिक्षा अधिकृतमाथि हातपात

नमुनापत्र संवाददाता
७ असार २०८०, बिहीबार १७:०२

दाङ । दाङको शान्तीनगर गाउँपालिकामा शिक्षा अधिकृत माथि हातपात भएको छ । आज दिउँसो ४ बजे सबै कर्मचारीहरुले काम गरि रहेको अवस्थामा शान्तीनगर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल ओलीले शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको गाउँपालिकाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

वडा अध्यक्ष ओलीले संघिय सरकारको सर्शत बजेट अन्तरगतको जनकल्याण मावि सिमसुन्दरपुरमा स्थापना हुने पस्तकालय सम्झौताको फाइल मागेर विवाद झिकेको बताइएको छ ।

सोही विषयको छलफलमा तर्क, विर्तक हुँदा शिक्षा अधिकृत पाण्डेमाथि ओलीले हातपात गरेको भनाइ छ । वडा अध्यक्ष ओलीले पटक-पटक यस्तो काम गरेकाले कारबाहीको लागि माग गरिएको गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*