रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषद्को सिफारिस
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ। आईतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन् ।
यस अघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।
चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो ।
सोही फाइल गृहले मन्त्रिपरिषद्मा पठाएकामा आज फेरि राष्ट्रपति समक्ष नै सिफारिस भएको हो ।