डा. कृष्ण प्रसाद न्योपानेको अध्यक्षतामा प्रदेश सभा पुर्ब सदस्य मंच गठन

नमुनापत्र संवाददाता
१३ जेष्ठ २०८०, शनिबार १२:२७

बुटवल । लुम्बिनी प्रदेश सभा पुर्ब सदस्यहरुको भेलाले प्रदेश सभा पुर्ब सदस्य मंच लुम्बिनी समिती गठन गरेको छ । शुक्रवार दाङमा सम्म्पन्न भेलाले पुर्ब माननीय डा. कृष्ण प्रसाद न्योेपानेको अध्यक्षतामा १५ सदस्यीय समिती चयन गरिएको महासचिव गिता थापाले जानकारी दिनु भयो । जस्को उपाध्यक्षमा रमा अर्याल , महासचिवमा गिता थापा, सचिबमा पुर्मती ढेगा, सह सचिबमा निर्मला भट्टराई, कोषाध्यक्षमा तारा जिसि रहनु भएको छ । त्यसै गरि सदस्यहरुमा आरती पौडेल,सरस्वती गौतम, युबराज खनाल , भगवती देबि भण्डारी, शंकर गिरि,निर्मला क्षेत्री, रिना नेपाल बिक, इन्द्र प्रसाद खरेल, दिपा बिक चयन हुनु भएको छ । भेलाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मंचले आफ्नो अनुभवका आधारमा बर्तमान सभालाई सहयोग पुर्याउने अपेक्षा व्यक्त गर्नु भयो । लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री लिला गिरिले पुर्ब माननीयहरूको भुमिका प्रदेश सभाको लागि महत्त्वपूर्ण हुने बिश्वास व्यक्त गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*