लुम्बिनी प्रदेशमा नव नियुक्त मन्त्रीले लिए शपथ

नमुनापत्र संवाददाता
८ जेष्ठ २०८०, सोमबार १८:२३

बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भए संगै सोमबार नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कांग्रेसका राजु खनालले स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास र जसपाका भण्डारीलाल अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रीमा प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन् ।

त्यसैगरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिनाबिभागीय मन्त्रीहरु सन्तोष कुमार पाण्डेयलाई आन्तिरिक मामिला तथा कानुन मन्त्रालय र नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा नियुक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*