लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, आजै ४ बजे सपथ
बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले रिक्त चार मध्ये दुई मन्त्री नियुक्त गरेका छन् भने यस अघि नियुक्त भएका बिनाबिभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
कांग्रेसका राजु खनाल स्वास्थ्य र जसपाका भण्डारीलाल अहिर भौतिक पुर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन् ।
त्यसैगरी बिनाबिभागीय मन्त्री सन्तोष कुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री, भण्डारीलाल अहिरलाई कृषी तथा भूमी व्यवस्था मन्त्री, चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
नवनियुक्त मन्त्रीहरुको सपथ बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा आजै अपराह्न ४ बजे तय भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले जानकारी दिए ।