आज खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइँदै
काठमाण्डाै । आज देशैभरी खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकाहरूलाई खोप लगाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बृहत् खोप अभियान अन्तर्गत जन्मेदेखि १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप छुटेका बालबालिकालाई खोप लगाइनेछ।
जन्मेदेखि १५ महिनाभित्र बिसीजी, टाटा पोलियो, पिभिसी,डिपिटी, हेपटाइटिस बी, पोलियो, एफआईपिभी, दादुरा,रूबेला, जापानिज इन्सेफ्लाइटिस् लगायतका खोप लगाउनुपर्छ।
यी खोप लगाउन छुटेका बालबालिकाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा लगेर निःशुल्क खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
‘पूर्ण खोप लिएर सबै सुरक्षित नहुँदासम्म कोहीपनि सुरक्षित हुँदैनन् त्यसैले सबै बालबालिकालार्य पूर्णखोप लगाइदिऔं,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।