आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्व गृहमन्त्री खाणको आपत्ति

नमुनापत्र संवाददाता
२३ बैशाख २०८०, शनिबार १४:५०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यस खण्डन गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी श्रणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन् ।

‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको भन्दै जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्र हत्या हुने हुँदा त्यस्ता समाचार सम्प्रेषित नगर्न अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*