लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले ५३ मत प्राप्त गरेका छन भने उनको विपक्षमा २९ मत खसेको छ ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिएका छन भने एमालेले विपक्षमा मत दिए ।
लुम्बिनी प्रदेश सभामा रहेका आठ दलका ५३ जना सांसदको समर्थनमा गत वैशाख १४ गते चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहेका छन् ।