राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने चयन

नमुनापत्र संवाददाता
१८ बैशाख २०८०, सोमबार १७:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई संसदीय दलको नेता चयन गरेको हो ।

त्यस अघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । त्यस अनुसार नै सर्वसम्मत रुपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

त्यसै गरी बैठकले सांसद निशा डाँगीलाई सचेतक तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*