लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चाैधरी सहित तीन मन्त्रीले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसहित तीन जना मन्त्रीले शपथ लिएका छन् ।
मुख्यमन्त्री चौधरीसहित नेकपा माओवादीका धन बहादुर मास्की, लोसपाका सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरीले विना विभागिय मन्त्रीका रुपमा शपथ लिएका छन् ।
बुटवल स्थित लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीसहित तीनै जना मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराएका हुन् ।