लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

नमुनापत्र संवाददाता
१४ बैशाख २०८०, बिहीबार १९:२८

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३र३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*