लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीद्धारा मुख्यमन्त्रीमा दाबी पेस

नमुनापत्र संवाददाता
१४ बैशाख २०८०, बिहीबार १६:२७

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका डिल्ली चौधरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले माओवादी केन्द्रसहित गठबन्धन दलका ५३ जना सांसदको हस्ताक्षर सहित दाबी पेस गरेका हुन् ।

गत २७ पुसमा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले ११ वैशाखमा प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार पनि सोही धारा अनुसार गठन हुन लागेको हो ।

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित पाँच दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिएका थिए ।

दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा निर्वाचित चौधरीलाई नेकपा माओवादी केन्द्रसहित जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतका दलको समर्थन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*