चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतले बिजयी
काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी भारी मतले विजयी भएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत पाए । त्यसैगरी एमाले उम्मेदवार राम प्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए । चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।