चितवनमा रवि लामिछानेकोे ३२ हजार भन्दा बढी मतको अग्रता

नमुनापत्र संवाददाता
१२ बैशाख २०८०, मंगलवार ०८:२२

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको ३२ हजार भन्दा बढी मतको अग्रता रहेको छ ।

५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जित नारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

रवि लामिछानेको जित नारायण भन्दा ३२ हजार ६११ मत अन्तरले र राम प्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*