राष्ट्रपति निर्वाचनको मतदान सकियो, मतगणना ४ बजेदेखि
काठमाण्डौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको हो । आज भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।
चुनावको मतगणना ४ बजेपछि हुने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन् ।