प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)बिरुद्दको रिट दर्ता गर्न सर्वोच्चको आदेश
२०७६ को माघे संक्रान्तिका अवसरमा द्वन्द्वका क्रममा मारिएका १७ हजार मृतकमध्ये आफूले ५ हजार मृतकको मात्र जिम्मा लिने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को अभिब्यक्ति बिरुद्ध दर्ता पेस भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले रिट निवेदन दर्ता गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए। अधिवक्ताद्वय कल्याण बुढाथोकी र ज्ञानेन्द्रराज आरणले दर्ता पेश गरेको रिट निवेदनमा दाहाललाई तत्काल पक्राउ गरी अनुसन्धान र कारबाही गर्न माग गरिएको छ।