प्रदेश १ को नाम ‘कोशी’
बहुमतको आधारमा प्रदेश १ को नामकरण भएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकले प्रदेश १ को नाम ‘कोशी प्रदेश’राखेको छ।
प्रदेशसभा बैठकमा कोशी नाममाथि भएको मतदानमा बहुमत सांसदहरूको मत खसेपछि ५ बर्षपछि प्रदेश १ ले नाम पाएको हो। मतदानका क्रममा सहभागी भयका कुल ८६ जना सांसदहरुमध्ये ८२ जनाले कोशी नामको पक्षमा मत दिएका छन्।