पाँच वर्षकी बालिकालाई बाल यौन दुरुपयोगको आरोपमा दाङमा एक जना पक्राउ
दाङ । दाङमा बाल यौन दुरुपयोगको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ५ वर्षको बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर १४ चौघेराका १९ वर्षिय बिजय चौधरी पक्राउ परेका हुन् ।
चौधरीले बालिकालाई १७ गते बाल यौन दुरुपयोग गरेको भनि प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।