हिजोदेखि बाढीमा फसेका गुरुकुलका २८ विद्यार्थीसहित ३२ जनाको उद्दार
काठमाडौं । हिजोदेखि बाढीमा फसेका सिन्धुलीको कुशेश्वर गुरुकुलका २८ जना विद्यार्थी र गुरुसहित ३२ जनाको हेलिकप्टरमार्फत उद्धार भएको छ ।
उद्दार गरिएका विद्यार्थी र गुरुहरुलाई गजुलीदहमा सुरक्षित रुपमा राखिएको गुरु नारायण् अधिकारीले जानकारी दिएका छन् ।
सुनकोशी गाउँपालिका १ आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुललाई सुनकोशी र रोशीखोलाले घेरेको थियो ।
हिजोदेखि नै उद्वारका लागि व्यापक सामाजिक सञ्जालमा दवाव आइरहेपछि २४ घण्टापछि उद्दार भएको हो ।