श्रीलंका टप्पुको तिलियामा २४ घण्टादेखि २२ जना उद्धारको पर्खाइमा
सुनसरी । अविरल बर्षासंगै कोशीमा बढेको पानीको वहावका कारण बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित तिलिया टापुमा २२ जना गोठालाहरू उद्धारको पर्खाईमा छन् ।
कोशी टप्पु अन्तर्गत श्रीलंका टप्पुमा पर्ने तिलिया टापुमा उनीहरु थुनिएपछि झरी बर्षाका बीच कोसीमा पानीको सतह बढेकाले उद्धारको पर्खाइमा २४ घण्टा बितेको हो ।
अविरल वर्षासँगै आएको वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीले बराहक्षेत्र ६ स्थित ठाकुरबारी टिक्रीमा थुनिएका २२ जना २४ घण्टाभन्दा बढीदेखि कुरिरहेका छन् ।
बर्षा र पानीको वहावकाकारण थुनिएकाको उद्धारको निम्ति नेपाली सेना र प्रहरीका साथ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहितको टोली उक्त स्थानमा पुगेपनि उद्धार गर्न सकिने अवस्था नभएको घट्ना स्थलबाट मुख्यमन्त्रीका जन सम्पर्क सल्लाहकार रवि खनालले खवरहवलाई बताए ।
उनले भने, ‘हिजोदेखि त्यहाँ चौपाया चराउन गोठाला गएका रहेछन् । फर्किने बेलामा झरी पानी र कोशीमा पानीको सतह बढेकाले आउन नसकेका रहेछ । उनीहरुको उद्धारकालागि मुख्यमन्त्री कार्की ज्युले तत्कालै घट्ना स्थलबाटै गृहमन्त्रीलाँई फोन गरी हेलिकप्टर मगाउनु भएको छ । तर खराव मौसम कारण ढिलाई भइरहेको छ ।’
यसैबीच मुख्यमन्त्री कार्कीसहितको टोलीले कोशी ब्यारेजको निरीक्षणपछि पानीको वहाव अत्यधिक बढेको र अपरान्ह ३ बजेसम्ममा ५ लाख ३१ हजार ७ सय ५० क्युसेक प्रतिसेकेण्ड पुगेकाले जोखिमको आकलन गर्दै सुनसरी र सप्तरीका जिल्ला सुरक्षा समितिलाई एम्बुलेन्स जस्ता अत्यावश्यक सेवा बाहेकका यातायात नचालउने व्यवस्था मिलाउन निर्देशन दिएको पनि खनालले बताए ।