काठमाडौंका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित

नमुनापत्र संवाददाता
१२ आश्विन २०८१, शनिबार १३:३२

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

काठमाडौंको तीनकुने, गैरीगाउँ, यूएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को–इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोका कारण विभिन्न नाका हुँदै काठमाडौं भित्रने र बाहिरने सवारीसाधन पनि चल्न सकेका छैनन् । नागढुंगा–नौबिसे, फर्पिङ, भीमढुंगा, धर्मस्थली–तीनपिप्ले र कान्ति लोकपथ अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । पानीको बहाव बढेकाले बनेपा बजार हुँदै चल्ने सवारीसाधन पनि रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*