पहिले अक्सिजन सिलिन्डर बाेकेर वडा कार्यालय आउँथे लाभग्राही,अहिले घरमै पुग्छ वडा सरकार

नमुनापत्र संवाददाता
२७ श्रावण २०८१, आईतवार १९:५६

तुलसीपुर । दाङकाे तुलसीपुर उपमहागरपालिका वडा नम्बर १ ले बिभिन्न बस्तीहरूमा पुगेर सामाजिक सुरक्षाकाे नविकरण कार्यलाई तिव्रता दिएकाे छ ।

वडा कार्यालयले आव ०८१/०८२ का लागी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने विरामी र अशक्त भएका लाभग्राहीहरुको घरमै पुगेर नविकरणकाे काम गरिरहेकाे छ ।

नविकरण गर्नका लागी सर्भरले दिउसोको समयमा लाेड बढि भएर काम नगर्ने भएकोले वडा भित्र रहेका जेष्ठ नागरिक अन्य, जेष्ठ नागरिक दलित, एकल महिला, विधवा, अति अशक्त अपांग, पूर्ण अपांगता र दलित बालबालिकालाई सास्ती भोग्नु नपरोस भनेर वडा समितको निर्णय अनुसार हरेक दिन बिहान ६:३० बजेदेखी ९:३० बजेसम्म गाउँबस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको वडा अध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो ।

विरामी र अशक्तका लागी भने मोबाईलमा 4G नेटवर्क उपलब्ध भएसम्म घर-घरमा गएर नविकरण गरिएको वडा सचिव होमजंग विश्वकर्माले बताउनुभयो ।अभियानामा अक्सिजन सिलिन्डरसहितका विरामी,अशक्त,अपांगहरू र अन्य सम्पड लाभग्राहीलाई समेत घरमै नविकरण सेवा उपलव्ध गराईएकाे सचिव विश्वकर्माले बताउनुभयाे।

उहाँका अनुसार वडाकाे उत्तरी भागमा रहेका हापुरकोट रानीघाट, सिसाखानी, सुन्दरादेवीभगवती, झरना, अविधारा, रानीटाकुरा, गैरास्यूरे लगायतका गाउँबस्तीका जनताले घरआँगनमा नै वडाका जनप्रतिनीधी र कर्मचारी आएर सामाजिक सुरक्षा भत्ता नविकरण गरिदिँदा खुशी ब्यक्त गरेका थिए ।

अनलाईनमा नविकरण गर्नुपर्ने भएकाले कुनैकुनै पहाडी बस्तीमा रुखमुनी मोबाईल नेटवर्कले राम्रो काम गरेकाले रुखमुनि बसेर समेत नविकरण समेत गरिएको सहायक कम्प्युटर अपरेटर प्रकाश भुसालले बताउनुभयो ।

समुद्री सतहदेखी १ हजार ४ सय ५८ मीटर उचाईमा रहेको वडाको विकट बस्ती रानीटाकुरा जहाँ अहिले सम्म विद्युत सेवा पुग्न सकेको छैन। जहाँ ल्यापटप र मोबाईल फोनको नेटवर्कको सहाराले सामाजिक सुरक्षा भत्ता नविकरण भएपछि जेष्ठ नागरिकहरु भने खुशी भएका छन् ।

वर्षातको समयमा ३ घण्टा पैदल हिडेर वडा सम्म पुगी नविरकण गर्न जानुपर्ने बाध्यता हटेकाे छ । आगामी दिनमा पनि घरदैलाेकाे सेवालाई निरन्तरता दिनुपर्ने स्थानीय नन्दलाल वलीले बताउनुभयो ।

नविकरण गर्न छुटेमा लाभग्राहीरुको आव ०८१/०८२ मा लगत कट्टा हुनेभएकाले गाउँबस्तीमा नविकरण गर्न छुट्नुभएका लाभग्राहीहरुलाइ भाद्र मसान्तसम्म वडा कार्यालयमा आएर नविकरण गर्न वडा सचिव होमजंग विश्वकर्माले सबैमा अनुराेध गर्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*